Kathmandu Press

नेपाल र चीनका सत्तारुढ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापना  

काठमाडौं, असोज ७ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच भाइचारा सम्बन्ध स्थापना भएको छ ।

काठमाडौ....

नेपाल र चीनका सत्तारुढ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापना  
काठमाडाैंप्रेस

काठमाडौं, असोज ७ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच भाइचारा सम्बन्ध स्थापना भएको छ ।

काठमाडौंमा दुईदिने अनुभव आदानप्रदानसहितकाे ‘विचारधारात्मक छलफल कार्यक्रम’ पछि यस्तो औपचारिक सम्बन्ध स्थापना गर्ने सम्झाैतापत्रमा हस्ताक्षर भएको हो ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका तर्फबाट विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका तर्फबाट विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गरेका हुन्।

होटल म्यारिअटमा मंगलबार दिउँसाे नेकपा र सीपीसीबीच औपचारिक समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले  छलफल कार्यक्रमपछि दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापनाका लागि सम्झौता गरिएको बताए। उनले भने, ‘विचार, भ्रमण, अध्ययन आदान–प्रदानका लागि नेकपा र सीपीसीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।’

रिजालका अनुसार, नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियॉ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेकाे समझदारी-पत्रमा  छ बुँदा छन्– १. उच्चस्तरीय भ्रमण, २. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, ३. पार्टी-पार्टी अनुभव आधारित सहयोग आदान-प्रदान, ४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान-प्रदान, ५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि, ६. विचार-सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्‍चालन ।

दुई देशका सत्तारुढ कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षरसँग नेकपा र सीपीसीको संयुक्त आयोजनामा सोमबारदेखि सञ्चालित ‘विचारधारात्मक छलफल कार्यक्रम’ पनि समापन भएको छ।

नेकपा र सीपीसीका नेताहरुबीच सोमबारदेखि काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल ‘याक एण्ड यती’ मा दुईदिने विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रमको दोस्रो दिन दुई पार्टीबीच औपचारिक सम्झौता भएकाे हाे ।

याक एण्ड यती होटेलमा सोमबार साँझ भएको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले पार्टी स्कुल विभागको पाठ्यक्रम बनाउन चीनियाँ कम्युनिष्ट पार्टीको सहयोग अपरिहार्य रहेको बताएका थिए ।

सीसीपी विदेश विभाग प्रमुख सोङ ताओले नेकपाले यहाँको परिस्थितिसँग जोडेर मार्क्सवादको प्रयोग गरिरहेकोमा प्रशंशा व्यक्त गर्दै चीनियाँहरूले पनि धेरै कठिनाइ झेल्दै सी पथमा आइपुगेको बताएका थिए । उनले भने, ‘तथ्यभित्र सत्य खोज्नु मार्क्सवादको आत्मा हो । मार्क्सवाद जडसूत्र होइन ।’

उनले भने, ‘उत्पादनशक्ति जीवनको शर्त हो । त्यो अर्थतन्त्रको आधार पनि हो । पूँजीवादभन्दा समाजवाद श्रेष्ठ हो भन्ने हामीले प्रमाणित गरिसकेका छौँ । आर्थिक निर्माण सबैको समाधान हो ।’ उनले बेल्ट एण्ड रोडको अवधारणाका आधारमा पार्टी महासचिवसमेत रहेका वर्तमान राष्ट्रपति सीले सीपीसीलाई नयाँ विचारधाराका आधारमा अघि बढाइरहेको बताए ।

नेकपासँग पार्टी निर्माणमा सहयोग आदानप्रदान गर्न तयार रहेको बताउँदै उनले भने, ‘नेकपा पार्टी स्कुललाई सहयोग गर्न मन लागेको छ ।’ 

समारोहमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी र देश निर्माणमा चीनियाँ सहयोग जरुरी रहेको बताएका थिए ।

अध्यक्ष ओलीको नेतृत्वमा क्रान्ति सम्पन्न भएर जनवादी गणतन्त्र चीन स्थापना भएको वर्ष नेकपाको स्थापना भएको थियो । सन् १९५५ मा नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएको हो । नेकपाका वर्तमान अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला सन् २०१७ मे १२ मा नेपालले बीआरआईमा हस्ताक्षर गरेको थियाे । 

प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, असोज ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्