ख्यालः प्याखँ र दबू प्याखँका कलाकारलाई सम्मान
काठमाडौं, फागुन १८ : काठमाडौँ महानगरको वडा २३ मा बस्ने ख्याल प्याखँ र दवूँ प्याखँका कलाकारलाई सम्मान गरिएको छ ।वडाको आयोजनाले गरेको कार्यक्रममा...
काठमाडौं, फागुन १८ : काठमाडौँ महानगरको वडा २३ मा बस्ने ख्याल प्याखँ र दवूँ प्याखँका कलाकारलाई सम्मान गरिएको छ ।
वडाको आयोजनाले गरेको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गरेका हुन् । सम्मानपछि बोल्दै मेयर शाक्यले, अमूर्त सम्पदाको अभिलेखीकरण र संरक्षणमा महानगरले ध्यान दिएको बताए । त्यस क्रममा वडाध्यक्ष मचाराजा महर्जनले, परम्परागत चालचलन जोगाउन आफूले काम गरिरहेको बताए ।
त्यस अवसरमा ५५ जना कलाकारलाई सम्मान गरिएको थियो । ख्यालः प्याखँ र दबू प्याखँमा महिलाको भूमिकामा पुरुषहरुले नै अभिनय गर्ने चलन छ । बाद्यबादकले बजाएको बाजाको ताल र सुरमा नाच प्रस्तुत गर्ने गरिन्थ्यो ।
यसप्रकारका परम्परागत नाच, बाद्य सामाग्री, श्रृङ्गार, पोशाकको मौलिकता जोगाउन महानगरले कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: २०:१७ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












