रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषामा स्नातकोत्तर कक्षा चलाउन महानगरको सहयोग
काठमाडौं, फागुन १८ : काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न आर्थिक सहयोग थालेको छ । आज महानगरका मेयर...
काठमाडौं, फागुन १८ : काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपाल भाषाको स्नातकोत्तर तह सञ्चालन गर्न आर्थिक सहयोग थालेको छ ।
आज महानगरका मेयर विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । हस्ताक्षरपछि मेयर शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
गएका कार्तिक १६ गते बसेको महानगरको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
संविधानले मौलिक अधिकारका रुपमा राखेको स्वास्थ्य र शिक्षाका क्षेत्रमा माग र आवश्यकताका आधारमा महानगरले लगानी गरेको छ । स्थानीय भाषा जोगाउन स्थानीय सरकारको दायित्व पूरा गर्दै हामीले रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा पढाउन सहयोग गरिएको महानगरले जनाएको छ ।












