महिला बुद्धिचाल प्रतियोगिता हुने

काठमाडौं, फागुन १८ : काठमाडौं जिल्ला बुद्धिचाल संघले राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ ।
संघका पूर्व अध्यक्ष अमृतचन्द्र श्रेष्ठको आमा हेरा माया श्रेष्ठको सम्झनामा हुन गइहेको उक्त प्रतियोगितामा देशका १०० भन्दा बढी महिला खेलाडीको सहभागिता रहने छन् । ‘दोस्रो हेरा माया श्रेष्ठ स्मृति राष्ट्रिय व्यापि महिला बुद्धिचाल प्रतियोगिता’ को उत्घाटन अन्तर्राष्ट्रिय नारी दिवसको दिन हुनेछ ।
स्विस प्रणालीका आधारमा सात चरणसम्म हुने उक्त प्रतियोगितामा पहिलो हुनेले २५ हजार, दास्रोले १५ हजार, तेस्रोले ८ हजार, चौथोले ६ हजार, पाचौं हुनेले ४ हजार र अन्य विजेताहरुले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । फागुन २४ देखि २६ गते सम्म संचालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको संघका सचिव प्रविण बहादुर भँडेलले जानकारी दिए ।
प्रकाशित मिति: १९:२४ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











