Kathmandu Press

सैनिक सहचारीद्वारा जंगी अड्डाको भ्रमण

सैनिक सहचारीद्वारा जंगी अड्डाको भ्रमण

काठमाडाैं, फागुन १८ : सेना दिवसका उपलक्ष्यमा आमन्त्रित २६ मुलुकका आवासीय तथा गैरआवासीय सैनिक सहचारीको टोलीले सैनिक मुख्यालय जंगी अड्डाको भ्रमण गरेको छ।

युद्धकार्य निर्देशनालयले नेपाली सेनाको सङ्गठन र कार्य जिम्मेवारीबारे भ्रमण टोलीलाई सो अवसरमा जानकारीमूलक प्रस्तुती प्रस्तुत गरेको थियो। टोलीमा भारत, चीन, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिकाका आवासीय सैनिक सहचारी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Hardik ivf

बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, इजरायल, मेक्सिको, नाइजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्डका गैरआवासीय सैनिक सहचारी पनि भ्रमण दलमा सहभागी थिए।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित बढाइँ विशेष समारोहमा सहभागिता जनाएको उक्त टोलीले लुम्बिनी र पोखराको समेत अवलोकन भ्रमण गर्नेछ।

सैनिक सहचारीको भ्रमणले नेपाल र ती मुलुकबीच सैनिक कूटनीतिमार्फत सम्बन्ध अझ सुमधुर तुल्याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ। सैनिक मुख्यालयको भ्रमणका क्रममा टोलीले प्रधानसेनापति प्रभुराम शर्मासँग भ्रमण दलले भेट गरेको जानकारी दिइएको छ।

प्रकाशित मिति: १७:५९ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्