Kathmandu Press

नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिता काठमाडौंमा सुरु

नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिता काठमाडौंमा सुरु

काठमाडाैं, फागुन १८ : सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट प्रतियोगिता बुधबारबाट काठमाडौंमा सुरु भएको छ।

नेपालस्थित पाकिस्तान दूतावासले आयोजना गरेको प्रतियोगिताको बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उद्घाटन गरे। प्रतियोगिता फागुन २६ गतेसम्म सञ्चालन हुनेछ। कुल १२ टोलीको सहभागिता रहने प्रतियोगिताका खेलहरु लिगकम नकआउटका आधारमा खेलाइनेछ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत समूह 'ए'मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब, समूह 'बी'मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए रहेका छन्।

यस्तै समूह 'सी'मा आरएस विद्यापिठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर रहँदा समूह 'डी'मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन्। चारै समूहका विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

सबै खेल धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुनेछन्। 

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्