टी-२० वरीयता : स्टार खेलाडीलाई पछि पार्दै कुशल ३१औं स्थानमा
काठमाडाैं, फागुन १८ : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसिसीको टी-२० वरीयतामा ठूलो छलाङ मारेका छन् । उनी स्टार ब्याट्सम्यनहरुलाई पछि...
काठमाडाैं, फागुन १८ : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसिसीको टी-२० वरीयतामा ठूलो छलाङ मारेका छन् । उनी स्टार ब्याट्सम्यनहरुलाई पछि पार्दै आईसिसीको पछिल्लो अपडेटअनुसार उनी ब्याटिङ वरीयतामा ३१औं स्थानमा आइपुगेका छन्।
यसअघि ३९औं स्थानमा रहेका उनले ८ स्थान सुधार गरेका हुन्। उनले भर्खरै सम्पन्न टी-२० विश्वकपको ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गरेका छन्। यसक्रममा कुशलले दक्षिण अफ्रिकाका डेभिड मिलर, न्युजिल्यान्डका ग्लेन फिलिप्स, इंग्ल्यान्डका जोनी बेइरिस्टो, पाकिस्तानका फखर जमानलगायतका पछि पारेका छन्।
यस्तै, नेपाककै अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी भने एक स्थान तल भरेका छन्। यसअघि ४९औं स्थानमा रहेका उनी अहिले ५०औं स्थानमा छन्।
यसैगरी टी-२० बलिङ वरियतामा शीर्ष सयमा नेपालका दुई खेलाडी परेका छन्। विश्वकपको ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान सन्दीप लामिछाने ७ स्थानमाथि उक्लँदै ३६औं स्थानमा आइपुगेका छन्।
यसअघि उनी ४३औं स्थानमा थिए। अविनाश बोहरा पनि बलिङ वरीयतामा ८६औं स्थानमा छन्।











