Kathmandu Press

दोलखाका आठ विद्यालयलाई २१ सय झोला सहयोग

काठमाडाैं, फागुन १८ : एसएस फाउन्डेसनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १०० झोला आज हस्तान्तरण गरेको छ।बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय,...
दोलखाका आठ विद्यालयलाई २१ सय झोला सहयोग

काठमाडाैं, फागुन १८ : एसएस फाउन्डेसनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १०० झोला आज हस्तान्तरण गरेको छ।

बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी, क्षमावती मावि, भीमेश्वर, शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि, बिगु–३, बुलुङलाई प्रदान गरिएको हो।

Hardik ivf

उक्त विद्यालयका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण गरेका हुन्। उनले उक्त विद्यालयका लागि झोला लगेर वितरण गर्ने बताइएको छ।

राप्रपाका पूर्वअध्यक्ष राणाले फाउन्डेसनले शिक्षा र विद्यालयमा पढ्ने बालबालिकाका लागि स्कुल झोला वितरण गरेर राम्रो सहयोग गरेको र आगामी दिनमा  यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह गरे।

फाउन्डेसनका अध्यक्ष तथा वरिष्ठ कलाकार  मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ। फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

यसअघि एसएस फाउन्डेसनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित  झिमे मालिका विद्यालयलाई पनि ८०० झोला वितरण गरेको थियो।

प्रकाशित मिति: १५:३७ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्