Kathmandu Press

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं, असोज ७ : कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान परीक्षाफल प्रकाशित गरेको हो।

बोर्डले नियमिततर्फ....

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं, असोज ७ : कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज बिहान परीक्षाफल प्रकाशित गरेको हो।

बोर्डले नियमिततर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरेको छ। बोर्डका अनसार, ३.६१ देखि ४ जीपीए हासिल गर्ने दुई हजार तीन सय १९ विद्यार्थी रहेका छन्।

त्यस्तै, ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार सात सय ७२ छन भने २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार दुई सय ५३ विद्यार्थी रहेको बोर्डले जनाएको छ।

यसैगरी, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार आठ सय १६ विद्यार्थी रहेका छन्।

प्रकाशित नतिजाअनुसार, २.०१ देखि २.४० जीपीए प्राप्त गर्ने, ८४ हजार दुई सय ३९ जना, १.६१ देखि २ जीपीए प्राप्त गर्ने ८९ हजार ६ सय ५० जना, १.२१ देखि १.६० जीपीए प्राप्त गर्ने ४३ हजार ३७ जनाले रहेका छन्।

त्यस्तै, ०.८१ देखि १.२० जीपीए पाउने आठ हजार एक सय ७१ जना, र०.८० जीपीए पाउने २१ हृजार तीन सय ४६ जना रहेका छन्।  नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन्। ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको छ।

वैशाख २९ देखि जेठ ८ गतेसम्म भएको परीक्षामा पुराना र नियमित गरी पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी थिए। त्यसमध्ये नियमिततर्फ तीन लाख ४९ हजार ६ सय तीन जना सहभागी थिए।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले ग्रेड नतिजा सुधार भएको बताए।

त्यस्तै, पूरानो परीक्षा प्रणालीअन्गर्तत १७ हजार एक सय चार जना परीक्षार्थी सहभागी थिए। तीमध्ये सात हजार एक सय ३२ जना उत्तीर्ण भएका छन्।

प्रकाशित मिति: ११:२४ बजे, मंगलबार, असोज ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्