मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
काठमाडौं, फागुन १८ : काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा बा६४प १३९६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ। मोटरसाइकल आफै अनियन्त्रित भई पैदलयात्रीलाईसमेत ठक्कर दिँदा...
काठमाडौं, फागुन १८ : काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा बा६४प १३९६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ।
मोटरसाइकल आफै अनियन्त्रित भई पैदलयात्रीलाईसमेत ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुङ्गा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुङ्गा हर्कपुर गाउँपालिकाका दुर्गाबहादुर कार्कीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गाबहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:२८ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












