कावासोती दुर्घटनामा मृत्यु भएका पाँचै यात्रुको सनाखत
नवलपरासी, असोज ७ : पूर्व–पश्चिम महेन्द्र राजमार्गको कावासोती–नारायणगढ खण्डअन्तर्गत खरकट्टा जंगलमा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको ....

नवलपरासी, असोज ७ : पूर्व–पश्चिम महेन्द्र राजमार्गको कावासोती–नारायणगढ खण्डअन्तर्गत खरकट्टा जंगलमा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनातख भएको छ।
गएराति खरकट्टा जंगलमा कार र ट्रक ठोक्किएका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार, जंगलमा रोकिएको लु १ ख ८५३२ नम्बरको ट्रकमा पश्चिमतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोक्किँएको थियो।
दुर्घटनामा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार, नवलपरासीको देबचुली नगरपालिका केउरेनीका पूर्णबहादुर विक, हिरा राना, दीपेश राना, दिलबहादुर ढेंगा मगर र कैलालीको धनगढीका सुरज रानामगरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। चिकित्सकले मृत घोषणा गरेको थियो।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











