निर्वाचनलाई सहयोग पु¥याउन आग्रह
हुम्ला, फागुन १८ : कर्णाली प्रदेशका वन तथा वातावरण उद्योग ऊर्जामन्त्री छिरिङ्ग दम्डुल लामा कार्चेनले आगामी स्थानीय तहको निर्वाचनलाई सहयोग पु¥याउन आग्रह गरेका...
हुम्ला, फागुन १८ : कर्णाली प्रदेशका वन तथा वातावरण उद्योग ऊर्जामन्त्री छिरिङ्ग दम्डुल लामा कार्चेनले आगामी स्थानीय तहको निर्वाचनलाई सहयोग पु¥याउन आग्रह गरेका छन्
सिमकोटस्थित जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका प्रमुखलाई आज निर्देशन दिनुहुँदै उनले कार्यालयमा आउने सेवाग्राहीलाई ‘भोली नभन्न’ निर्देशन समेत दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी सीता परियारले जिल्लाका वस्तुस्थितिका बारेमा जानकारी गराए।
यसैबीच, नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा हुम्लाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सिमकोट गाउँपालिका कार्यावाहक अध्यक्ष बली रावतले आँखा उपचार सेवामा सङ्घको गतिविधिको सह्ना गरे । सङ्घ जिल्ला शाखाका सभापति नरबहादुर रोकायाको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको थियो।
प्रकाशित मिति: १४:०५ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)