Kathmandu Press

दशैंका लागि दुई दिनमा २० हजार यात्रुले लिए टिकट

काठमाडौं, असोज ७ : दशैं मनाउन घर जान दुई दिनमा २० हजार यात्रुले टिकट लिएका छन्।

यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रि....

दशैंका लागि दुई दिनमा २० हजार यात्रुले लिए टिकट

काठमाडौं, असोज ७ : दशैं मनाउन घर जान दुई दिनमा २० हजार यात्रुले टिकट लिएका छन्।

यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्राफिक प्रहरीको समन्वयमा आइतबारदेखि दशैंका लागि अग्रिम टिकट खुलेको थियो। आइतबार बिहानैदेखि नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ।

नयाँ बसपार्कको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरका अनुसार, आइतबार र सोमबार २० हजार यात्रुले टिकट लिएका हुन्। अहिले लामो दूरीका सवारीसाधनका लागि मात्र अग्रिम टिकट खुलेको हो।

उनका अनुसार आइतबार १४ हजार र सोमबार ६ हजार यात्रुले अग्रिम टिकट लिएका हुन्। पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङलगायत क्षेत्रमा जाने सवारीसाधनका लागि भने असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने महाप्रबन्धक कुँवरले बताए।

हरेक दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण भइरहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले दशैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताए।

‘दशैँमा झण्डै २५ लाख हाराहारीमा यात्रु उपत्यका बाहिरिने भएकाले हामीले सवारीसाधनको राम्रो व्यवस्था मिलाएका छौँ,’ उनले भने।

प्रकाशित मिति: १०:५४ बजे, मंगलबार, असोज ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्