Kathmandu Press

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं, असोज ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर हुन लागेको छ।

आज बिहान ११ः३० बजे ....

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं, असोज ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर हुन लागेको छ।

आज बिहान ११ः३० बजे होटल मेरियटमा दुवै कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो। हस्क्षतार कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित रहने जनाएको छ।

समझदारी पत्रमा नेकपाको तर्फबाट विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गर्नेछन्।

दुवै पार्टीबीच सहयोग र सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो। दुवै पार्टीले सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय भ्रमण र कार्यक्रम आयोजना गर्ने लगायतका विषय उल्लेख हुने जनाएको छ।

प्रकाशित मिति: १०:२४ बजे, मंगलबार, असोज ७, २०७६