Kathmandu Press

इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि लेस्टर सिटीको सहज 

इंग्लिस प्रिमियर लिग : बर्नलीमाथि लेस्टर सिटीको सहज 

काठमाडौं, फागुन १८ : इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ ।मंगलबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई २–० गोल अन्तरले हराएको हो  ।

लेस्टरको जितमा जेम्स म्याडिसन र जेमी भार्डीले एक एक गोल गरे ।खेलको ८२ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ९० औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई २–० को जित दिलाए ।जितसँगै लेस्टरले २४ खेलमा ३० अंक जोडेको छ । लेस्टर १२ औं स्थानमा रहेको छ ।

बर्नली २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: ११:५१ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्