एफए कप : सिटी क्वाटरफाइनलमा, टोटनहम बाहिरियो
काठमाडौं, फागुन १८ : म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा पिटरब्रो युनाइटेडलाई (२–०) पराजित गर्दै सिटीले अन्तिम...
काठमाडौं, फागुन १८ : म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा पिटरब्रो युनाइटेडलाई (२–०) पराजित गर्दै सिटीले अन्तिम आठमा स्थान बनाएको हो।
सिटीको जितमा रियाद महरेज र ज्याक ग्रेलिसले एकएक गोल गरे। खेलको ६० औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।
अर्को खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २-१ ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।
टोटेनहम भने बाहिरिएको छ । मिड्ल्सब्रोसँग १–० गोल अन्तरले पराजित हुँदै टोटेनहम बाहिरिएको हो।
प्रकाशित मिति: ११:४३ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











