Kathmandu Press

कांग्रेस मकवानपुरको पदाधिकारीको मतपरिणाम सार्वजनिक

मकवानपुर, फागुन १८ : नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ। आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार...
कांग्रेस मकवानपुरको पदाधिकारीको मतपरिणाम सार्वजनिक

मकवानपुर, फागुन १८ : नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ। 

आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन्। कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरे । सचिव पदमा भीमसेन महत ८१३ र इश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भए । 

Hardik ivf

सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईँ विजयी हुनुभयो । न्यौपाने ८५० तथा बजगाईंले ५६२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । 

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा सर्वसम्मत चयन भएका थिए । सभापतिमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो। 

दोस्रो चरणका लागि संस्थापन पक्षका दुई उम्मेदवार लामा र आनन्द पराजुलीबीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा लामालाई सर्वसम्मत चयन गरिएको थियो । सदस्यहरुको भने मत गणना हुन बाँकी छ। 

प्रकाशित मिति: ११:१२ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्