Kathmandu Press

साहित्यकार एवं पत्रकार पाल्पालीको निधन

भक्तपुर, फागुन १८ : साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मनुभएका उनको गए राति आफ्नै...
साहित्यकार एवं पत्रकार पाल्पालीको निधन

भक्तपुर, फागुन १८ : साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मनुभएका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो।

केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आउनुभएका पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो । केही दिन अस्पतालमा राखेर उपचार गरे पनि बचाउन नसकिएको पाल्पालीकी श्रीमती एवं साहित्यकार पत्रकार रेणुका भट्टराईले जानकारी दिए । उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेपाली साहित्यमा हाइकु, कथा, कविता र गीत लेखनका साथै पाल्पाली पत्रकारितामा पनि सक्रिय हुनुुहुन्थ्यो । उनी कानुन व्यवसायीसमेत हुन् । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनुभएका पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती छन्। 

प्रकाशित मिति: १०:५४ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्