Kathmandu Press

विप्लव समूहका उपत्यका ब्युरो इञ्जार्च पक्राउ

काठमाडौं, असोज ७ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाडाैं उपत्यका ब्युरो इञ्जार्च नवीन विक पक्राउ परेका ....

विप्लव समूहका उपत्यका ब्युरो इञ्जार्च पक्राउ

काठमाडौं, असोज ७ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका काठमाडाैं उपत्यका ब्युरो इञ्जार्च नवीन विक पक्राउ परेका छन्। 

विशेष सूचनाका आधारमा खटिएको प्रहीको विशेष टोलीले पूर्व राज्यमन्त्रीसमेत रहेका बिकलाई गएराति ललितपुरबाट पक्राउ गरेको हो। विकलाई पक्राउ गरेको भएपनि कहाँ राखिएको छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा विक स्थानीय विकास राज्यमनत्री भएका थिए। तत्कालीन माओवादीमा हुँदा विकले भेरी–कर्णाली राज्य समितिको सचिवालयको जिम्मेवारी पाएका थिए। 

उपत्यका इञ्चार्ज रहेका माइला लामालाई प्रहरीले पक्राउ गरेपछि विकलाई काठमाडौं उपत्यका इञ्चार्जको जिम्मेवारी दिइएको थियो।
 

प्रकाशित मिति: ०९:२६ बजे, मंगलबार, असोज ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्