Kathmandu Press

खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोशीपर्व

सिन्धुपाल्चोक, फागुन १८ : खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन्। मंगलवार पूजासँगै...
खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोशीपर्व

सिन्धुपाल्चोक, फागुन १८ : खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन्। मंगलवार पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्।

सिन्धुपाल्चोकका माझीहरूले कोशीपर्व मनाउन मेलम्ची नगरपालिका–१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए।

Hardik ivf

विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशीपर्व मनाउँदै आएका छन्।

माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन्। लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो। (रासस)

प्रकाशित मिति: ०८:२२ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्