Kathmandu Press

आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, फागुन १८ : कुनै मौसमी प्रणाली नभए पनि आज देशका पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान...
आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, फागुन १८ : कुनै मौसमी प्रणाली नभए पनि आज देशका पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतः सफा रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती‚ गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मौसम सामान्य बदली रहने महाशाखाको अनुमान छ। देशका पहाडी भूभागको थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

आज राति पनि प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भूभागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्