Kathmandu Press

मिथिलाञ्चलमा भोलिदेखि मिथिला मध्यमा परिक्रमा

जनकपुर, फागुन १८ : मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रमा यही फागुन १९ गतेबाट सुरु हुने भएको छ।प्रत्येक वर्ष फाल्गुण शुक्लपक्ष प्रतिपदाका...
मिथिलाञ्चलमा भोलिदेखि मिथिला मध्यमा परिक्रमा

जनकपुर, फागुन १८ : मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रमा यही फागुन १९ गतेबाट सुरु हुने भएको छ।

प्रत्येक वर्ष फाल्गुण शुक्लपक्ष प्रतिपदाका दिन जनकपुरधामबाट मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ। धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट औँसी तिथिका दिन फागुन १९ गते मिथिला मध्यमा परिक्रमा डोला उठ्ने मन्दिरका महन्थ रामनरेश दासले जानकारी दिए।

Hardik ivf

जनकपुरधामबाट धनुषाधाम जाने मार्गमा पर्ने मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारीअर्थात् भगवान् रामको डोला उठ्ने र परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पु¥याउने परम्परा रहेको महन्थ दासले बताए।

उक्त डोला फागु पूर्णिमाको दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरी समाप्त हुने उनको भनाइ छ। नेपाल र भारतबीचको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमाका क्रममा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थलमा अन्न क्षेत्र घोषणा गरेर साधुसन्त तथा भक्तजनलाई निःशुल्क भोजन गराउने चलन रहेको छ।

पडावस्थलमा स्वास्थ्य, बिजुलीबत्ती, भोजनलगायत व्यवस्थापनमा सहयोग गर्दै आएका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यसपटक पनि विशेष सहयोग गर्ने तयारी गरेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रमुख कार्यकारी निर्देशक बलराम ठाकुरले जानकारी दिए। डोलाको पछिपछि परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा कयौं श्रद्धालु सहभागी हुने गरेका छन्। (रासस)

प्रकाशित मिति: ०६:२९ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्