Kathmandu Press

फिनल्याण्ड र युएईले नेपालको विकासमा सघाउने

न्यूयोर्क, असोज ७ : फिनल्याण्ड र युएईले नेपालको सामाजिक-आर्थिक विकासमा सघाउने प्रतिबद्धता जनाएका छन्। 

संयुक्त राष्ट्रसङ्घको ७४ औँ....

फिनल्याण्ड र युएईले नेपालको विकासमा सघाउने

न्यूयोर्क, असोज ७ : फिनल्याण्ड र युएईले नेपालको सामाजिक-आर्थिक विकासमा सघाउने प्रतिबद्धता जनाएका छन्। 

संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भएको भेटमा फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएई)का उच्च अधिकारीले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता जनाएका हुन्।
  
मन्त्री ज्ञवालीसँग फिनल्याण्डका विकास सहायता तथा वैदेशिक व्यापारमन्त्री भिले इस्किनारी र संयुक्त अरब इमिरेट्सका विदेश राज्यमन्त्री अन्वर बिन मोहम्मद गार्गसले नेपाललाई सक्दो सहयोग गर्ने बताएका थिए। फिनल्याण्डका मन्त्रीसँगको भेटमा नेपाल–फिनल्याण्ड सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको थियो। 

भेटमा नेपाल र फिनल्याण्डबीच बहुपक्षीय एवं क्षेत्रीय मञ्चहरूमा साझेदारी गर्ने तथा विद्यमान सम्बन्धलाई नयाँ गति दिनेमा दुवै मन्त्रीबीच सहमति भएको छ।
 
मन्त्री ज्ञवालीले नेपालमा लगानीको अनुकूल वातावरण बनेकाले भौतिक पूर्वाधार, ऊर्जा र जलस्रोतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। नेपालको आर्थिक विकासका निम्ति फिनिस सहयोगको महत्वपूर्ण भूमिका हुने बताउँदै मन्त्री ज्ञवालीले विकास र समृद्धितर्फको नेपालको यात्रामा फिनल्याण्डजस्ता नेपालको विकासका साझेदारबाट सहयोगको मात्रामा बढोत्तरीको अपेक्षा आफूले गरेको बताएका थिए। 

मन्त्री इस्किनारीले नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा आफ्नो देशबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए। 

त्यसैगरी युएईका विदेश राज्यमन्त्रीसँगको भेटमा पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो। नेपालीको श्रम गन्तव्य मुलुक युएइमा नेपालीका सुविधा र सुरक्षा, नेपालमा युएइको लगानी, व्यापारलगायत विषयमा केन्द्रित रहेर दुवै मन्त्रीले विचार आदान–प्रदान गरेका थिए। रासस

प्रकाशित मिति: ०९:०४ बजे, मंगलबार, असोज ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्