Kathmandu Press

तनहुँमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति गठन

दमौली, फागुन १७ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पर्यवेक्षणका लागि तनहुँमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को शाखा पुनः गठन...
तनहुँमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति गठन
Hardik ivf

दमौली, फागुन १७ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पर्यवेक्षणका लागि तनहुँमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को शाखा पुनः गठन गरिएको छ। दमौलीमा आयोजित भेलाले नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा ११ सदस्यीय जिल्लास्तरीय पर्यवेक्षण समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा गैरसरकारी संस्था महासङ्घ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराई र कोषाध्यक्षमा दलित पत्रकार सङ्घका पूर्णबहादुर विके चयन भएका छन् । यस्तै सदस्यमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका ऋषिकान्त दुवाडी, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का केन्द्रीय सदस्य मिला दरै, पत्रकार महासङ्घ तनहुँका सदस्य उपेन्द्र खनाल, जागौँ युवा नेपालका सदस्य सविन लामिछाने, एसओएस बालग्रामका अन्जना पन्थ भण्डारी, मानवअधिकार समूह भानुका सदस्य तुलसी गन्धर्व, मुस्लिम महिला समूहका साहिदा खातुन र मादीसेती एफएमका पत्रकार शर्मिला गुरुङ चयन भएका छन्। 

नियोकले निर्वाचन प्रक्रियाको समग्र पर्यवेक्षण गर्ने र निर्वाचनको दिन मतदान केन्द्रहरुमा पर्यवेक्षक परिचालन गर्ने सहसंयोजक प्रकाशचन्द्र भट्टराईले जानकारी दिए । नियोकले यसअघिका निर्वाचनमा पनि पर्यवेक्षण गर्दै आइरहेको छ । समितिले सोमबार प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई भेटेर समिति गठनबारे जानकारी दिएको छ ।    

प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्