Kathmandu Press

एलिसनले जिते उत्कृष्ट गोलकिपरको अवार्ड

काठमाडौं, असोज ७ : ब्राजिल तथा लिभरपुलका गोलकिपर एलिसन बेकरले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन्। 

विश्व फुटबलको सर्वोच्च निकाय ....

एलिसनले जिते उत्कृष्ट गोलकिपरको अवार्ड

काठमाडौं, असोज ७ : ब्राजिल तथा लिभरपुलका गोलकिपर एलिसन बेकरले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन्। 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार इटालीको मिलानमा आयोजना गरेको विशेष समारोहमा एलिसन वर्षको उत्कृष्ट गोलकिपर घोषित भएका हुन्।

सन् २०१८–१९ को सिजनमा एलिसनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनकै उत्कृष्ट प्रदर्शनकै कारण लिभरपुलले गत वर्ष च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो।

यस्तै, फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड पनि लिभरपुलका जोर्गेन क्लोपले जितेका छन्।

प्रकाशित मिति: ०८:०५ बजे, मंगलबार, असोज ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्