Kathmandu Press

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

भक्तपुर, फागुन १७ : चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर...
चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

भक्तपुर, फागुन १७ : चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरे। 

चाँगुनारायण फाउण्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको अक्सिजन प्लाण्टको उद्घाटनपछि बोल्दै उनले नगर अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर लागिरहने बताए। 

Hardik ivf

नगरप्रमुख मिश्रले भने, ‘कोरोना महामारीले अकल्पनीय दुःखद् घटनाको सिर्जना गरायो, कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावले आफ्नै आँखा अगाडि धेरै चिनेजानेकाहरूको ज्यान गयो, त्यसपछि चाँगुनारायण नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने निर्णय गरेर अस्पतालमा रु एक करोड ५७ लाख बराबरको अक्सिजन प्लाण्ट जडान गरी सुरु गर्न सफल भएका छौँ ।’

नगरपालिकाले सबै स्वास्थ्यचौकी र नगर अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप सञ्चालन गरेर १०५ प्रतिशतभन्दा बढीलाई खोप दिलाउन सफल भएको बताउँदै स्थापना दिवसमा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिने बताए । चाँगुनारायण नगरपालिकाका बासिन्दाले अब अस्पतालमा अक्सिजन नपाएर वा शय्या नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने दाबी गर्दै उहाँले स्वास्थ्य र शिक्षामा नगरपालिकाले धरै प्रगति गरेको चर्चा गरे।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चौलागाईँले अस्पतालमा गुणस्तरीय सेवा सञ्चालन गर्दै यसको व्यवस्थापनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए। उनले नगरवासीको भरोसालाई कायम राख्ने बताए। अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहालले अस्पतालसम्म पुग्ने सडकको स्तरोन्नति अत्यावश्यक रहेको भन्दै यसमा नगरपालिकाले चासो दिनुपर्ने औंल्याए। 

त्यस अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं चाँगुनारायण नपा–४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले अस्पतालाई अझ व्यवस्थित गर्दै सबै सेवाको पहुँच पुग्ने गरी विकास गर्नुपर्ने आवश्यकता अझै रहेको बताए। फाउण्डेशनका अध्यक्ष मणिराज खत्रीले नेदरल्याण्डस्थित स्टिचिङ नेपाल नामक संस्थाको समन्वयमा प्लाण्ट स्थापना गर्न सफल भएको बताए। 

प्रकाशित मिति: १०:१३ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्