मृग मारेको आरोपमा एक युवक पक्राउ

संखुवासभा, फागुन १७ : मृग मारेको आरोपमा संखुवासभाका एक युवक पक्राउ परेका छन्।
सभापोखरी गाउँपालिका घरभई हाल चैनपुर–७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। रतुवा मृग सहित उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।
प्रहरीले दिलबहादुरबाट भरुवा बन्दुक बरामद गरेको छ। अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धानको लागि मारेको रतुवालाई चैनपुर सब डिभिजन वन कार्यालय पठाइएको छ। पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइएरहेको इन्स्पेक्टर खतिवडाले बताए।
प्रकाशित मिति: ०८:३१ बजे, मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)