Kathmandu Press

मेसी ‘फिफा वर्ष  खेलाडी’ घोषित 

काठमाडौं, असोज ७ :  अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी फिफा वर्ष खेलाडी घोषित भएका छन्। 

विश्व फुटबलको सर्वोच्च....

मेसी ‘फिफा वर्ष  खेलाडी’ घोषित 

काठमाडौं, असोज ७ :  अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी फिफा वर्ष खेलाडी घोषित भएका छन्। 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गएराति इटालीमा गरेको विषेश समारोहमा मेसीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन्। 

सन् २०१८-१९ को सिजनको उत्कृष्ट खेलाडी घोषित भएका मेसीलाई फिफाले ’द बेष्ट’ अवार्ड प्रदान गरेको हो। अवार्ड जित्ने क्रममा मेसीले युभेन्ट्स तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका भिर्गिल भान डाइकलाई पछि पारे। 

मेसीले बार्सिलोनालाई  लिगाको उपाधि जिताएका जिताउनुका साथै बार्सिलोनालाई च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलसम्म पुर्‍याएका थिए। गत सिजन मेसीले ५८ खेलमा ५४ गोल गरेका थिए भने २० गोलका लागि पास मिलाएका थिए। 

अवार्ड समारोहमा लिभपुरका भान डाइक उपस्थित भएपनि युभेन्ट्सका रोनाल्डो भने उपस्थित थिएनन्। 

यस्तै, महिलातर्फको वर्ष खेलाडी अवार्ड भने मेगान रापिनोइले जितेकी छिन्। समारोहमा फिफा वर्ष पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका जोर्गेन क्लोपले जित्दा महिलातर्फको अवार्ड जिल एलिसले जितेकी छिन्।
 

प्रकाशित मिति: ०७:४९ बजे, मंगलबार, असोज ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्