Kathmandu Press

बाघको छालासहित एक युवक पक्राउ

हुम्ला, फागुन १७: हुम्लामा बाघको छाला र हड्डीसहित एकजना युवक पक्राउ परेका छन्।बाघको छाला र हड्डीसहित ताँजाकोट गाउँपालिका–४ उत्तिस्यानीका ३७ वर्षीय सुनिल सार्कीलाई...
बाघको छालासहित एक युवक पक्राउ

हुम्ला, फागुन १७: हुम्लामा बाघको छाला र हड्डीसहित एकजना युवक पक्राउ परेका छन्।

बाघको छाला र हड्डीसहित ताँजाकोट गाउँपालिका–४ उत्तिस्यानीका ३७ वर्षीय सुनिल सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार अस्थायी प्रहरी चौकी छप्रेलाको टोलीले सुनिललाई पक्राउ गरेको हो।

उनको घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले छाला र हड्डी बरामद गरेको डीएसपी शर्माले बताए।

प्रकाशित मिति: ०६:५८ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्