एनएमएद्वारा पर्वतारोहीलाई राहत सामग्री वितरण सुरु
काठमाडौं, फागुन १६ : नेपाल पर्वतारोहण संघ (एनएमए) ले जापानको निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा खाद्यान्न राहत सामग्री वितरण सुरु गरेको छ ।पर्यटन विभागका...
काठमाडौं, फागुन १६ : नेपाल पर्वतारोहण संघ (एनएमए) ले जापानको निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा खाद्यान्न राहत सामग्री वितरण सुरु गरेको छ ।
पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी, एनएमएका अध्यक्ष सन्तवीर लामाले पर्वतारोहीलाई चामल, दाल, नुन र खाना पकाउने तेलको प्याकेट हस्तान्तरण गरी प्रक्रिया सुरु गरेका हुन् । वितरणको पहिलो दिन दुई सय दुई पर्वतारोहीले खाद्य सामाग्री वितरण गरिएको हो ।

जसअनुसार प्रत्येक पर्वतारोहीले ५० किलो चामल , ५ केजी दाल, २ किलो नुन र २ लिटर भटमासको तेल प्राप्त गरेका छन् । कार्यक्रममा चर्चित आरोही श्रीमती माया शेर्पा र मिङ्माग्याबु शेर्पा, एनएमए महासचिव कुलबहादुर गुरुङ, सचिव टिकाराम गुरुङ, बोर्ड सदस्यहरु सार्की तामाङ, सिङ्गी लामा पनि सहभागी थिए । तीन हजार पर्वतारोहीलाई राहत प्याकेज सरह खाद्य सामग्री उपलब्ध गराइने एनएमएले जनाएको छ ।
यद्यपी पहिलो चरणमा १६ सय पर्वतारोहीलाई खाद्यान्न वितरण गरिने छ । एनएमएका अध्यक्ष लामाले आफ्नो योजना सफल भएकोमा खुशी व्यक्त गर्दै कोभिड–१९ को महामारीले पर्वतारोहीलाई दैनिक खाना खान बाध्य बनाएको देखेपछि आफूहरुले मागेको सहयोगलाई निप्पन फाउन्डेसनले स्वीकार गरेको भन्दै धन्यवाद समेत दिए ।












