मृत अवस्थामा फेला
काठमाडौं, फागुन १६ : काठमाडौं महानगरपालिका २० मरुतिलाछेस्थित पाटीमा नाम, थर नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।यस्तै...
काठमाडौं, फागुन १६ : काठमाडौं महानगरपालिका २० मरुतिलाछेस्थित पाटीमा नाम, थर नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कपिलवस्तु, शिवराज नगरपालिका ६ गड्गौडास्थित कपिलवस्तु इँटा भट्टामा विगत करिब ४ महिनादेखि काम गरी बस्दै आएका ४६ वर्षीय भगवान दास सुतेकै स्थानमा मृत अवस्थामा फेला परेका हुन् ।
बेलुकी खाना खाएर श्रीमती र २ वटा छोराहरूसँगै सुतेकोमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
नवलपरासी (पश्चिम), सुनवल नगरपालिका ६ बिसासयस्थित बिसासय खोलामा नवलपरासी नगरपालिका १ प्रगातिटोल बस्ने ८७ वर्षीय कृष्ण बहादुर थापा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
प्रकाशित मिति: १८:४६ बजे, सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












