एमसिसी अनुमोदनको विरोधमा नेपालका लागि नेपाली अभियानले आन्दोलन गर्ने
काठमाडाैं, फागुन १६ : अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनको विरोध र देशको व्यवस्था परिवर्तनका लागि नेपालका लागि नेपालीले आन्दोलन गर्ने घोषणा गरेको छ।सोमबार काठमाडौंमा...
काठमाडाैं, फागुन १६ : अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनको विरोध र देशको व्यवस्था परिवर्तनका लागि नेपालका लागि नेपालीले आन्दोलन गर्ने घोषणा गरेको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकको परिवर्तनको लागि मंगलबार काठमाडौंस्थित गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने बताएको हो।
अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताइएको छ। आन्दोलन देशको हित र परिवर्तनको लागि भएकोले सम्पुर्ण देशभक्त, राष्ट्रवादीहरुलाई उपस्थित हुन आग्रह गरिएको छ।
्कारर्यक्रममा अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जनताले विश्वास गरेर मत दिएकाहरुबाट नै आज देशले धोका पाएको टिप्पणी गरे।
भण्डारीले संविधानअनुसार संसदमा उपस्थित बहुमतबाट एमसीसी पारित हुनुपर्नेमा सभामुखले कति पक्षमा र कति विपक्षमा छन् भनेर प्रष्ट पार्न नसकेको भन्दै अनुमोदन भएको एमसीसीको कुनै वैधानिकता नहुने पनि दाबी गरे ।
एमसिसी पास गर्नुपर्ने क्रममा १२ बुँदाको व्याख्यात्मक घोषणा वा टिप्पणीको पनि कुनै अन्तर्राष्ट्रिय कानुनमा अर्थ नहुने डा.भण्डारीले ठोकुवा गरे।












