Kathmandu Press

प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं, असोज ६  : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृ....

प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं, असोज ६  : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित, सहयोग आदान प्रदान लगायतका विषयमा छलफल भएको थियो।  भेटमा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गरेका थिए।  

नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका क्रममा काठमाडौं आएको चिनियाँ टोलीले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने जनाएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ। 

जवाफमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण सफल हुनेमा आश्वस्त रहन आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन नेपालको तर्फबाट पनि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
 

प्रकाशित मिति: १९:१८ बजे, सोमबार, असोज ६, २०७६