Kathmandu Press

विभिन्न स्थानमा भएका आगलागीबाट लाखाैंकाे धनमाल जलेर नष्ट

काठमाडौं, फागुन १६ : उदयपुर, रूपन्देही र मोरङमा भएका आगलागीमा लाखाैंकाे धनमाल जलेर नष्ट भएकाे छ।उदयपुरकाे त्रियुगा नगरपालिका-५ भण्टाखोरिया टोल बस्ने रेनुका बिकको घरमा खाना पकाउने क्रममा आइतबार...
विभिन्न स्थानमा भएका आगलागीबाट लाखाैंकाे धनमाल जलेर नष्ट

काठमाडौं, फागुन १६ : उदयपुर, रूपन्देही र मोरङमा भएका आगलागीमा लाखाैंकाे धनमाल जलेर नष्ट भएकाे छ।

उदयपुरकाे त्रियुगा नगरपालिका-५ भण्टाखोरिया टोल बस्ने रेनुका बिकको घरमा खाना पकाउने क्रममा आइतबार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जली करिब ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

Hardik ivf

यसैगरी उदयपुरकै उदयपुरगढी गाउँपालिका-१ थाक्ले बस्ने टिकाराम सार्कीको घरमा सोलारको तार सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

रूपन्देहीकाे बुटवल उपमहानगरपालिका–१ पारी बुटवल बस्ने रैनु मियाको घर र घरनजिकै रहेको फुडमाया रेष्टुरेन्ट होटलमा आइतबार दिउँसो आगलागी हुँदा घर र होटल पूर्णरूपमा जलेर करिब ८० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

मोरङकाे रंगेली नगरपालिका-२ कमल झोडा बस्ने राज कुमार भुजेलको भान्सा घरमा आइतबार साँझ आगलागी भई बस्तीमा समेत फैलिएर ३ जनाको घर तथा भान्साघर जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा  आगलागी नियन्त्रणमा लिनुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाइएकाे छ।

प्रकाशित मिति: १४:५२ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्