Kathmandu Press

विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ 

काठमाडौं, फागुन १६ : मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-६ नकैया नाका आमबगैयाबाट करिब १० ग्राम ९१ मिलिग्राम अवैध लागूऔषध...
विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ 

काठमाडौं, फागुन १६ : मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन्। 

कञ्चनपुरको बेलौरी नगरपालिका-६ नकैया नाका आमबगैयाबाट करिब १० ग्राम ९१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भारत पिलिभित तहशिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बहेला गाउँ बस्ने २२ वर्षीय बलजित सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। 

Hardik ivf

मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट करिब ५ सय ९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २२ वर्षीय आकाश लिम्बु र सुनसरि ईटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया संजीता राई रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०२-०४७ प ५५५३ नम्बरको मोटरसाइकलाई प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। 

झापाकाे मेचीनगर नगरपालिका-५ भेटघाट चोक नजिक मेचीखोला बगरबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, २ सय ४ पिस बिन्डलास विनस्पास्मो फोर्ट लेखिएको क्याप्सुल र नाईट्रोसन १० लेखिएको ट्याब्लेट १ पिस सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-३ दोकानडाँडा बस्ने १९ वर्षीय अविषेक श्रेष्ठ र भारत दार्जिलिङ घर भएका २२ वर्षीय अनमोल प्रधान रहेका छन्। सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। 

यसैगरी झापाकाे मेचीनगर नगरपालिका-६ मेचिपुल छेउबाट करिब ९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ईलाम माईचोगमाई गाउँपालिका-१ बस्ने २३ वर्षीय जोसेफ थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।  ईलाका प्रहरी कार्यालय काकड्भिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका थापालाई चाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो। 

मकवानपुरकाे भिमफेदी गाउँपालिका-२ भैसेस्थित सडकमा बा३ ००१ च ११४४ नम्बरको गाडीमा लुकाई ल्याएको करिब १० केजी अवैध लागूऔषध गाँजा सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गाडीका चालक भिमफेदी गाउँपालिका-५ बस्ने ३२ वर्षीय सविन रिजाल, सोही गाउँपालिका-८ बस्ने २५ वर्षीय सोमसिङ घलान, ५० वर्षीय संचर सिङ घलान र ६० वर्षीया जुठी माया घलान रहेका छन्। प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले भिमभेदीबाट हेटौंडातर्फ जाँदै गरेको उक्त गाडीलाई जाँच गर्दा तरकारी मुनि बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
 

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्