मोटरसाइकल चोरी गरेको आराेपमा पक्राउ
पर्सा, फागुन १६ : वीरगन्ज महानगरपालिका–२१ ताजपुर टोल बस्ने २६ वर्षीय गोबिन्द महतोको ना२९प २८८३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने...
पर्सा, फागुन १६ : वीरगन्ज महानगरपालिका–२१ ताजपुर टोल बस्ने २६ वर्षीय गोबिन्द महतोको ना२९प २८८३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय दिनानाथ प्रसाद महतोलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
आफनै घर अगाडि पार्किङ गरीरहेको अवस्थामा शुक्रबार राति उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सोही ठाउँस्थित परवानीपुर ढाटबाट मोटरसाइकल फेला पारी चोरीमा संलग्न महतोलाई पक्राउ गरेको हो।
उनीउपर चोरी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १३:१५ बजे, सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)