Kathmandu Press

हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी

विराटनगर, फागुन १६ : हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ। मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६...
हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी

विराटनगर, फागुन १६ : हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ। मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए।
    
गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई  खुवाइएको सो औषधि यसवर्ष ९० प्रतिशतलाई खुवाउने अभियान तीव्र पारेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेहताले बताउनुभयो । औषधि खुवाउन लगभग १४ दिनसम्म अभियान चल्ने बताइएको छ।

औषधि नखाने व्यक्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधि खाइरहनु पर्ने भएको यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्ने जनस्वास्थ्य अधिकृत धरणीधर निरौलाले बताए।

Hardik ivf

मोरङको सुनवर्षी नगरपालिकामा ३०० मानिसलाई नमूना परीक्षण गर्दा २४ जनामा हात्तीपाइले रोगको लक्षण देखिएकाले सो क्षेत्रमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन कुनै पनि नागरिकलाई छुट्न नदिन विशेष ध्यान दिइने प्रमुख मेहताको भनाइ छ।

हात्तीपाइले विरुद्धको औषधि खुवाउने यस वर्ष ११ औँ चरण हो भन्दै यसमा इभरमेटिन, डिइसी र अल्बेन्डाजोल औषधि खुवाउने जनस्वास्थ्य निरीक्षक रामकुमार लामाले बताए। उहाँले गर्भवती महिला तथा छारे रोग भएको मानिसले यो औषधि खानु हुँदैन भने औषधि खुवाउने लक्षित समूह दुई वर्ष माथि उमेरका हुन भने।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्