साढे तीन वर्षभित्रै नागढुंगा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउने
काठमाडौं, असोज ६ : नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले पाएको छ।
नेपाल सरक....
काठमाडौं, असोज ६ : नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले पाएको छ।
नेपाल सरकार र जापानी कम्पनी हाज्मा जेभीबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ। जापानी कम्पनी हाज्माले करिब १६ अर्ब रुपैयाँमा सुरुङमार्ग निर्माण गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ। मुआब्जा वितरणसहित आयोजनाको सम्पूर्ण खर्च भने करिब २२ अर्ब रुपैयाँ लागत पुग्ने अनुमान गरिएको छ।
काम सुरु भएको ४२ महिनामा कम्पनीले निर्माण सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ। निर्माणमा अवरोध नभए वि.स २०८० को वैशाखमा यात्रुले नागढुंगाबाट १० मिनेटमै नौबिसे पुग्न पाउने छन्।
वि.स २०७३ मै निर्माण सम्पन्न गर्ने भनिएको आयोजना बल्ल निर्माण सम्झौता भएको हो। मंसिरबाट काम थाल्ने गरी जापानी कम्पनीले काम अघि बढाएको छ। जसका लागि मंसिरसम्ममा ठेकेदारलाई उपकरण निर्माण कार्य क्षेत्रमा ल्याउनका लागि समय दिइएको छ।
नागढुंगा–सुरुङ मार्ग आयोजनाका श्यामप्रसाद खरेलका अनुसार दहचोक–सिस्ने खोलासम्म सुरुङमार्गको लम्बाइ २.७ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुन जानकारी दिए।
सुरुङमार्ग निर्माणपछि नागढुंगाबाट १० मिनेटमा नौबिसे पुग्न सकिन्छ। अहिले एक घण्टाभन्दा बढी समय लाग्ने गरेको छ।






