Kathmandu Press

मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने

विराटनगर, फागुन १६ : प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिएका छन्।स्वास्थ्य मन्त्रालयले आयोजना...
मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने

विराटनगर, फागुन १६ : प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिएका छन्।

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्रदेशका स्वास्थ्य सस्थामा ५० प्रतिशत दरबन्दी खाली रहेकोले पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाइने बताए। उनले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न १०० दिने कार्यक्रम सार्वजनिक समेत गरेका छन्।

जसमा प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुबाट मानिसमा सर्ने रोगको नियन्त्रणका लागि रणनीति तयार गर्ने, स्वास्थ्य बीमा बोर्डको प्रदेश कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेश गर्ने, मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गर्न आवश्यक तयारी स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेश गर्ने छन्।

यसैगरी प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्र्रयोगशालाको सेवा आफ्नै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी, इनरुवा, अस्पताल र गाईघाट अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तथा प्रषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने छन्। (रासस)

 

प्रकाशित मिति: ०७:४६ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्