चितुवाको छालासहित तीन युवक पक्राउ
नेपालगञ्ज, फागुन १६ : बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा, बर्दियाको मधुवन...
नेपालगञ्ज, फागुन १६ : बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा, बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
उनका अनुसार, पैदल हिँडिरहेका उनीहरुलाई शङ्का लागेपछि जाँच गर्दा चितुवाको छाला भेटिएको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ०७:०१ बजे, सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)