भीरबाट लडेर वडाध्यक्षको मृत्यु
तनहुँ, फागुन १६ : तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भीरबाट खसेर मृत्यु भएको छ।वडा कार्यालयबाट घर फर्किने क्रममा भीरबाट खसेर वडाध्यक्ष...
तनहुँ, फागुन १६ : तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भीरबाट खसेर मृत्यु भएको छ।
वडा कार्यालयबाट घर फर्किने क्रममा भीरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीवार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भीरबाट खसेको अवस्थामा आइतवार शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए।
उनका अनुसार वडाध्यक्ष शवको भीरबाट तल ३० मिटर तल खसेको थियो। उनी बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताए।
प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार शवको मुचुल्का गरेर शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी गरिएको छ। वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
वडाध्यक्ष एवं कार्यपालिका सदस्य आलेको निधनमा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले फागुन १६ गते शोक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए। (रासस)












