Kathmandu Press

राजपा अध्यक्षमण्डलको जिम्मेवारी फेरि ठाकुरलाई

काठमाडौं, असोज ६ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हालेका छन्। 

संयोजक ठाकुरल....

राजपा अध्यक्षमण्डलको जिम्मेवारी फेरि ठाकुरलाई

काठमाडौं, असोज ६ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले सम्हालेका छन्। 

संयोजक ठाकुरले सोमबारदेखि फेरि राजपाको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सम्हालेका हुन्।  राजपाको हरेक दुई महिनामा नेतृत्व फेरिने व्यवस्थाअनुरुप ठाकुरले फेरि संयोजकको जिम्मेवारी पाएका हुन्। 

यसअघि अध्यक्षमण्डलको संयोजक राजकिशोर यादव थिए। तराई–मधेश केन्द्रित ६ राजनीतिक पार्टी एकीकरण भएर गठन भएको राजपा अध्यक्षमण्डलमा सबै पार्टीका अध्यक्ष रहेका छन्। एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीअनुरुप नेतृत्व लिने राजपाले जनाएको छ।

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, असोज ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्