Kathmandu Press

समयमै मेलम्ची खानेपानी ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

समयमै मेलम्ची खानेपानी ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी
Hardik ivf

काठमाडौँ, फागुन १५ : खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन।

नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले तोकिएको समयभित्रै काठमाडौँ उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने गरी मन्त्रालयले कामलाई तीव्रता दिएको बताएका हुन। 'वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै बाढी, पहिरोका कारण क्षति पुगेको मेलम्ची खानेपानी आयोजना चाँडो सम्पन्न गर्ने बताइसक्नुभएको छ, मेलम्ची खानेपानीको व्यवस्थापनमा ढिलाइ हुँदैन,' उनले भने।

मन्त्री चौधरीले खानेपानी महसुल निर्धारण आयोग केही दिनभित्रै गठन गर्ने बताए। उनले सो आयोगअन्तर्गत रहेर सरकारले आमनागरिकलाई अझै सर्वसुलभ ढङ्गले खानेपानी व्यवस्था गर्न लागेको उल्लेख गरे। मन्त्री चौधरीले ‘एक घर, एक धारा’ कार्यक्रम देशभर विस्तार गर्न सरकार लाग्ने स्पष्ट पारे।

प्रकाशित मिति: १८:१८ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्