Kathmandu Press

देशभरि थप १११ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडाैं, फागुन १५ : नेपालमा थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ६ हजार ४ सय ८६ पिसिआर परिक्षणका...
देशभरि थप १११ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडाैं, फागुन १५ : नेपालमा थप १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ६ हजार ४ सय ८६ पिसिआर परिक्षणका क्रममा ९४ जना ३ हजार २ सय २४ एन्टीजेन परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

Hardik ivf

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३५ को मृत्यु भएको छ। त्यस्तै थप ४ सय १५ संक्रमित निको हुँदा हालसम्म ९ लाख ५६ हजार ४ सय १३ जना निको भएका छन्।

हाल नेपालमा ८ हजार ५ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्