स्वास्थ्यमन्त्री खतिवडा र मुख्यसचिव बैरागीले गरे अंगदानको घोषणा
काठमाडाैं, फागुन १५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले अङ्गदानको घोषणा गरेका छन्।स्वास्थ्य सेवा दिवस-२०७८ को अवसरमा...
काठमाडाैं, फागुन १५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले अङ्गदानको घोषणा गरेका छन्।
स्वास्थ्य सेवा दिवस-२०७८ को अवसरमा आइतबार काठमाडौंमा आयोजित समारोहमा उनीहरुले मरणोपरान्त आफ्ना अंगदान गर्ने घोषणा गरेका हुन्।
कार्यक्रममा मन्त्री खतिवडाले आगामी चैतभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप पूरा गर्ने बताए।
सो अवसरमा रु एक लाख राशिको उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कार डा जीतेन्द्र कँडेललाई र रु ५० हजार राशिको स्वास्थ्य सेवा पुरस्कार धनकला थापा, ओमराज आचार्य, रामप्रवेश साह र योगेन्द्र कट्टेललाई प्रदान गरिएको थियो। त्यस्तै १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो।
प्रकाशित मिति: १६:४० बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












