Kathmandu Press

कोसी अस्पतालको शौचालयमा शिशुको शव फेला

विराटनगर, फागुन १६ : विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा आज (आइतबार) बिहान शिशुको शव फेला परेको छ।अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा बिहान साढे ९...
कोसी अस्पतालको शौचालयमा शिशुको शव फेला

विराटनगर, फागुन १६ : विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा आज (आइतबार) बिहान शिशुको शव फेला परेको छ।

अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा बिहान साढे ९ बजेतिर सालनालसहितको शिशुको शव फेला परेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेको जनाइएको छ।

शौचालयको प्यानभित्र हालिएको अवस्थामा शिशुको शव भेटिएको अस्पतालका कर्मचारीले बताएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १३:३३ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्