Kathmandu Press

प्रधानमन्त्री ओलीको निर्देशन- काठमाडौंको यातायात सुधार गर्ने योजना ल्याउनू

काठमाडौं, असोज ५ः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र न....

प्रधानमन्त्री ओलीको निर्देशन- काठमाडौंको यातायात सुधार गर्ने योजना ल्याउनू
काठमाडाैंप्रेस

काठमाडौं, असोज ५ः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार लगानी बोर्डको ४० औँ बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले सोबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकहरुको प्रस्तावसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई काठमाडौँ उपत्यकाको यातायात सुव्यवस्थापनमा छिटो काम गर्नुछ, ती कामहरु सबै समयमा योजनाबद्धरुपमा सम्पन्न हुनुपर्छ । मन्त्रालय र निकायले आपसमा समन्वय गर्नुपर्छ । त्यसका लागि प्रतिवेदन प्राप्त बोर्डले थप निर्णय गर्नेछ ।’

बैठकले बाहिरी चक्रपथ परियोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना, पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत पयिोजना, तल्लो अरुण जलविद्युत्ल परियोजनासम्बन्धी विभिन्न निर्णय गरेको छ ।

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, असोज ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्