Kathmandu Press

बागलुङ नगरपालिकाद्वारा शववाहन हस्तान्तरण

गलकोट, फागुन १५ : बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ । आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस्...
बागलुङ नगरपालिकाद्वारा शववाहन हस्तान्तरण
Hardik ivf

गलकोट, फागुन १५ : बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ । आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए। 

नगरपालिकाको रु १२ लाख २० हजार र धवलागिरि अस्पतालको रु दुई लाख गरी रु १४ लाख २० हजारमा कर छुट गरी शववाहन खरिद गरिएको हो । बिरामी बोक्ने एम्बुलेन्समै शव बोक्नुपर्ने समस्या भएपछि  नगरपालिकाले शववाहन खरिद गरेर शनिबार सो अस्पताल हस्तान्तरण गरेको छ। 

शववाहन सञ्चालनमा ल्याएपछि शव व्यवस्थापनमा निकै सहज हुने धवलागिरि अस्पतालका  प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए। ‘नगरपालिका र अस्पतालबीच शववाहन सञ्चालन कार्यविधि बनाएर शववाहन सञ्चालनमा ल्याइने छ,’ उनले भने।  

प्रकाशित मिति: १०:५० बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्