Kathmandu Press

मिर्गौलापीडित पण्डितलाई सहयोग

दमौली, फागुन १५ : मिर्गौलापीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब  दुई लाख सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्यसमेत रहनुभएका...
मिर्गौलापीडित पण्डितलाई सहयोग

दमौली, फागुन १५ : मिर्गौलापीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब  दुई लाख सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्यसमेत रहनुभएका उनलाई सो सङ्गठन कास्कीले एक लाख ९५ हजार सहयोग गरेको हो ।

सङ्गठनको ११औँ जिल्ला अधिवेशनका अवसरमा उक्त रकम उनलाई हस्तान्तरण गरिएको छ । कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितको उपचारमा सहयोग पु¥याउन हस्तान्तरण गरिएको निजामती कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए। 

Hardik ivf

बिरामी पण्डितलाई शुक्रबारमात्रै निजामती कर्मचारी सङ्गठन तनहुँले पनि रु ५० हजार ८४५ सहयोग गरेको थियो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अधिकृत पण्डितको केही समयअगाडि स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । निजामती कर्मचारी सङ्गठनले पण्डितको उपचारमा सहयोग गर्न सबैसँग अपिल गरेको छ ।

कोलकातास्थित अस्पतालमा पण्डितको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको र आर्थिक स्रोत अभाव भएपछि सबैसँग सहयोगको अपिल गरिएको अध्यक्ष ठकुरीले जानकारी दिए। सहयोगका लागि निजामती कर्मचारी सङ्गठन तनहुँको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं ३५२०१०००००४६३००१ वा माछापुच्छ्रे बैंकमा रामचन्द्र पण्डितको नाममा रहेको खाता नं १२३६५२४१११३३९०११ मा रकम जम्मा गर्न सकिनेछ ।
 

प्रकाशित मिति: १०:४७ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्