Kathmandu Press

क्यानले नेपाली टि-२० लिग गर्ने, आयोजनाको अधिकार फेरि भारतीय कम्पनीलाई नै

क्यानले नेपाली टि-२० लिग गर्ने, आयोजनाको अधिकार फेरि भारतीय कम्पनीलाई नै

काठमाडौं, फागुन १५ : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि-२० लिग आयोजना गर्ने भएको छ। क्यानको धनगढीमा सम्पन्न साधारणसभाले नेपाल टि-२० लिग आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले प्रतियोगिता आयोजनाको अधिकार फेरि पनि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिने निर्णय गरेको छ। बैठकले ८ वर्षका लागि नेपाल टि-२० लिग आयोजनाको अधिकार सेभेन थ्री स्पोर्टसलाई दिने निर्णय गरेको छ।

सेभेन थ्री स्पोर्टस त्यही कम्पनी जसले यसअघि पनि नेपाल टि-२० लिग आयोजनाको अधिकार १० वर्षका पाएको थियो । तर, क्यानको सो निर्णयका व्यापक विरोध भएपछि र सरकारले पनि अनुमति नदिएपछि क्यानले गत असोजमा मात्र सो सम्झौता रद्द गरेको थियो।

करिब साढे चार महिनामै फेरि क्यानले त्यही विवादस्पद कम्पनीलाई प्रतियोगिता आयोजनाको अधिकार दिएको छ। त्यतिबले क्यानले सरकारले अनुमति नदिएको र गर्नुपर्ने काम नगरेको भन्दै सम्झौता रद्द गरेको थियो। 

प्रतियोगिता आयोजना वापत सेभेन थ्री स्पोर्टसले क्यानलाई वार्षिक ३ करोड ९० लाख रुपैयाँ बुझाउने छ। आयोजनाका लागि खेलकुद मन्त्रालयले पनि सहमति दिइसकेको बताइएको छ।  

फेरि विवादास्पद भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै नेपाल टि२० लिग आयोजना गर्न दिने क्यान साधारणसभाको निर्णयमा ५ जना सदस्यले नोट अफ डिसेन्ट लेखेको बताइएको छ।

प्रकाशित मिति: ०८:३४ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्